
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा ले नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अस्वीकार गर्यो।
- उनले भने, ‘समस्याको समाधान गर्ने ठोस प्रस्ताव नभएकोले हामी सहमत हुन सकेनौं।’
- अहिलेसम्मको सहमति समस्याको समाधान गर्न असमर्थ रहेको रास्वपा ले जनाएको छ।
३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रबीच भएको सहमति अस्वीकार गरेको छ ।
रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार दुई दल वीच भएको सहमतिले समस्याको समाधान नगर्ने प्रतिक्रिया दिए ।
‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो । तर, उहाँहरुले गरेको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौं,’ झाले भने, ‘उहाँहरुले छानबिन समिति बनाउने भन्नुभएको छ । त्यो समिति गृह मन्त्रालयकै कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ । त्यसले समस्याको कुनै समाधान गर्दैन ।’
समस्याको ठोस समाधान गर्ने गरी सहमति नभएको हुँदा रास्वपाले अस्विकार गरेको उनले बताए ।
झाले भने,‘हाम्रो आन्दोलन जारी रहन्छ । माओवादीसँग मायाप्रिति जारी रहने गरी अहिलेलाई पारपाचुके भएका छौं ।’
प्रतिक्रिया 4