+
+
Shares

लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकार र नेकपा (माओवादी केन्द्र) बीच लुटतन्त्रको रक्षाका लागि समझदारी भएको आरोप लगाए।
  • उनले प्रतिनिधि सभाको बैठकमा १८ दिनदेखि संसद्मा नाटक मञ्चिँदै आएको बताए।
  • लिङ्देनले प्रमुख प्रतिपक्ष नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको आरोप लगाउँदै, यो समझदारी गणतन्त्रको रक्षाका लागि नभएको बताए।

३० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको आरोपा लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै १८ दिनदेखि संसद्मा नाटक मञ्च्न भइरहेको लिङ्देनले बताए ।

प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको उनको आरोप थियो ।

‘१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ । देशले देखिरहेको छ । अहिले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो,’ उनले भने, ‘यो हुने नै यही थियो । उहाँले गणतन्त्रको रक्षाको लागि भन्नुभयो । गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्नेकुरा आम जनताले बुझेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?