+
+
Shares

पक्राउ परेका जसपा नेपालका प्रदेश सांसद कुशवाहा निलम्बित

शुक्रबार बसको मधेश प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको सांसद निलम्बन भएको हाउसलाई जानकारी गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सरोजसिंह कुशवाहालाई अनियमितता आरोपमा पक्राउ गरी निलम्बित गरिएको छ।
  • उनीहरूले संसदीय विकास कोषको योजनाको उपभोक्ता समिति गठनमा अनियमितता गरेको आरोप लागेको हो।
  • उनको घरमा छापामारी गरी स्वकीय सचिवलाई नियन्त्रणमा लिइएको थियो।

३० जेठ, जनकपुरधाम । जसपा नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहा निलम्बित भएका छन् ।

शुक्रबार बसको मधेश प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको सांसद निलम्बन भएको हाउसलाई जानकारी गराएका हुन् ।

मधेश सरकारबाट अघोषित रुपमा प्राप्त संसदीय विकास कोषको योजनाको उपभोक्ता समिति गठनको नाममा अनियमितता गरेको आरोपमा कुशवाहालाई बिहीबार काठमाडौंको अनामनगरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको थियो ।

गत जेठ १२ गते उनको घरमा छापामारी गर्दै अख्तियारको टोलिले उनका स्वकीय सचिव विनोदलाल कर्णलाई नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?