+
+
Shares

इजरायली सेनाले नागरिकलाई दियो सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते ५:१०
Photo Credit : AFP via Getty Images

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलले नागरिकहरूलाई सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति दिएको छ र सेनाले क्षेप्यास्त्रहरू रोक्ने प्रयास गरिरहेको छ।
  • सैनिकहरूले रातभर जेरुसेलममा साइरन बज्ने र आकाशमा ड्रोनहरू देखिने घटनाको पुष्टि गरेका छन्।
  • आक्रमण र प्रत्याक्रमणको संकेतले दुवै पक्षले युद्ध जारी राख्ने तयारी देखाएका छन्।

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले देशभरका नागरिकहरूलाई सुरक्षित स्थानहरूबाट बाहिर निस्कन अनुमति दिएको छ । तर सेनाले नागरिकलाई सुरक्षित स्थानबाट धेरै टाढा नजान पनि सचेत गराएको छ ।  

बीबीसीका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू रोक्न सैन्य कारबाही चलिरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न भनिएको केही समयपछि सेनाले उक्त कुरा बताएको हो । 

केही समयअगाडि सेनाले जनतालाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानहरूमा जान निर्देशन दिएको थियो ।

आईडीएफले आफ्ना नागरिकलाई भनेको छ, ‘कृपया गृह मोर्चा कमाण्डका निर्देशनहरू पालना गर्न जारी राख्नुहोस्।’

सेनाले पछिल्लो एक घन्टामा इरानबाट प्रक्षेपण गरिएका ‘दर्जनौँ’ क्षेप्यास्त्रहरूमध्ये केहीलाई रोकेको दाबी गरेको छ ।  

‘जहाँ क्षेप्यास्त्र खसेको रिपोर्ट आएको छ, ती स्थानहरूमा अहिले खोजी तथा उद्धार टोली परिचालित छन्,’ सेनाले भनेको छ । 

बीबीसीका अनुसार रातको साढे एक बजेतिर जेरुसेलममा दुई मिनेट जति साइरन बजेको छ । यो अघिल्लो रात २४ घन्टा अगाडि साइरन बजेपछि दोस्रोपटक सुनिएको हो । झ्यालबाट हेर्दा आकाशमा धेरै ड्रोनहरू उडिरहेको देखिएको र ठूला तथा नजिकैका विस्फोटका आवाज सुनिएका र झ्यालहरू पनि काँपिरहेका छन् । 

इजरायलमा व्यापक रूपमा प्रयोग हुने साइरन एपमा देशभर ‘रेड एलर्ट’ देखाइएको छ।

समाचार संस्थाहरूले यी आवाजहरू आक्रमणका हुन् कि इरानी हमला रोक्न इजरायलले गरेको प्रत्याक्रमणका हुन् भन्ने स्पष्ट नखुलेको जनाएको छ । 

इजरायल र इरान दुवैले पछिल्ला आक्रमणपछि आफूहरू पछि हट्ने अवस्थामा नरहेको जनाएका छन् । उनीहरूले युद्ध सुरु भएको भन्दै थप आक्रमण गर्ने संकेत देखाएका छन् । 

यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी) ले जारी गरेको एक विज्ञप्तिमा उनीहरूले इजरायलका ‘दर्जनौं ठाउँ, सैन्य केन्द्रहरू र एयरबेसहरू’ मा आक्रमण गरेका उल्लेख छ ।

विज्ञप्तिअनुसार, इरानले यो सैन्य कारबाहीलाई “ट्रू प्रमिस ३” नाम दिएको छ। विज्ञप्तिमा यस अपरेसनका थप विवरणहरू पछि सार्वजनिक गरिने बताइएको छ ।

यसैबीच, इजरायली राष्ट्रिय एम्बुलेन्स सेवाले तेल अवीभ महानगर क्षेत्रका कम्तीमा पाँच जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?