
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गर्न नसकिने र कडाइका साथ रेगुलेसन गर्नुपर्ने बताएका छन्।
- मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भएको तर केही बुँदामा फरक धारणा रहेको बताए।
- सभापति अम्मरबहादुर थापाले सरकार तयार नभएको र अध्ययनको प्रतिवेदन नआएको बताए।
३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर जान नसकिने बताएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पन्तले भने, ‘प्राइभेटलाई निषेध गरेर जान सकसकिदैन कडाइका साथ रेगुलेसन गर्नुपर्छ । गुठीमा जानेलाई प्रेरित गर्नुपर्छ ।’
मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भएको तर केही बुँदामा फरक धारणा रहेको बताए । ‘शिक्षक महासँग वार्ता गर्यौं । ६ पटक बैठक बस्यो । सहमति २७ बुँदा नै हो । २७ बुँदामा फरक-फरक छ’, उनले भने ।
त्यसपछि सभापति अम्मरबहादुर थापाले सरकार तयार भएर नआएको बताए । सभापति थापाले मन्त्रालयको प्रतिवेदन मागे । ‘अध्ययनको प्रतिवेदन आएन । मन्त्रालय अहिले पनि तयार भएन । पश्चगमनमा जाने विषय हुँदैन’, सभापति थापाले भने ।
समितिले गत जेठ ११ गते ईसीडी, निजी र शिक्षक महासंघसँग भएको सहमतिको धारणा माग गरेपछि मन्त्री पन्तले सरोकारवालासँग छलफल गर्न समय मागेका थिए । अहिले समितिको बैठक बसिरहेको छ ।
प्रतिक्रिया 4