
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई पार्टी छोड नभएको बताए।
- प्रचण्डले पार्टीभित्रको लाइन संघर्ष र सम्बन्ध नराम्रो नभएको र असन्तुष्टि बुझिएपछि सबै खुसी हुने बताए।
- उनीहरूले देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको बताए।
३१ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई आफूले पार्टी छोड नभनेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
जनार्दन शर्मालाई पार्टी छोड् भन्नुभएछ नि ! भन्ने प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’
पार्टीभित्र लाइन संघर्ष चलाइरहेका शर्मासँग प्रचण्डको सम्बन्ध भने सुमधुर छैन । आफूलाई चुनौती दिइरहेका कारण उनी जनार्दनसँग रुष्ट छन् ।
सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमति र पार्टी उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको उनले बताए । ‘यो बिलकुलै गलत र आधारहीन प्रचार हो। अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन’, उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षमध्ये माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि छ ।
पार्टीमा देखिएको असन्तुष्टिका विषयमा प्रचण्डले भने, ‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन् । निर्णय सही छ भन्ने महसुस गर्छन् ।’
उनले देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको बताए।
प्रतिक्रिया 4