+
+
Shares

आहारपुरक सामग्रीको मूल्यमा एकरुपता ल्याउन सरकार र व्यवसायीबीच सहकार्यमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकार र एनएनसीएले आहारपुरक र सौन्दर्यवर्द्धक वस्तुहरूको विकृति रोक्न सहकार्य आवश्यक देखिएको छ।
  • वाणिज्य विभागले न्युट्रास्युटिकल र खाद्यपूरक वस्तुहरूको मूल्य निर्धारण र अनियमितता विरुद्ध कदम चालिरहेको छ।
  • महानिर्देशक कुमार प्रसाद दाहालले अभियानलाई देशव्यापी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

३१ जेठ, काठमाडौं । बजारमा आहारपुरक सामग्रीको विकृति कम गर्न सरकार र नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसीए) बीचको सहकार्यलाई थप बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

बजारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने सरकारी प्रयासका बीच पनि न्युट्रास्युटिकल र खाद्यपूरक वस्तुहरूको विकृति रोकिएको छैन ।

उपभोक्ता संरक्षणका नाउँमा थुप्रै रणनीति बनाइए पनि आहारपुरक तथा सौन्दर्यवर्द्धक व्यावसायमा देखिएको अराजकता अहिले उपभोक्ताकै समस्यामध्ये एक बन्दै गएको छ ।

एनएनसीएका अध्यक्ष र महासचिवसहितको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालसँग भेटवार्ता गरी योे समस्याप्रति ध्यानाकर्षण गराएको छ ।

भेटमा अध्यक्ष विप्लव रञ्जित र महासचिव सुरज पौडेलले एमआरपी प्रणालीमा देखिएका समस्या समाधानका लागि संघ स्थापनाकालदेखि नै साथमा रहेको र भविष्यमा पनि अझ मजबुत सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

महासचिव पौडेलले विभागसँगको सहकार्यलाई सुदृढ बनाउँदै खाद्य र न्युट्रास्युटिकल बजारलाई ‘स्वस्थ, मर्यादित, सुरक्षित र उपभोक्तामैत्री’ बनाउन आफूहरू लागिपरेको बताए ।

हाल बजारमा बिक्री भइरहेको धेरैजसो न्युट्रास्युटिकलको मूल्य स्वेच्छाचारी ढंगले निर्धारण भइरहेको छ । केही व्यवसायीहरूले एमआरपी स्वयं तोक्ने, नक्कली मेसिन प्रयोग गरेर मूल्य छाप्ने र कुनै स्थायी कार्यालयसमेत नराखी कारोबार गर्ने गरेको प्रमाण भेटिएको वाणिज्य विभागले जनाएको छ ।

अझ कतिपय चिकित्सकहरूलाई उच्च कमिसनको प्रलोभन देखाएर अनावश्यक न्युट्रास्युटिकल औषधि सिफारिस गराउने प्रवृत्ति बढ्दो छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले एमआरपी कार्यान्वयन वाणिज्य विभाग मात्रको काम नभएर सम्पूर्ण व्यवसायी र उपभोक्ताको साझा उत्तरदायित्व भएकाले यसलाई काठमाडौँमा मात्र सीमित नराखी देशैभर सशक्त बनाउँदै लैजानुपर्ने बताए ।

उनले यो अभियान निकै अघि बढिसकेको र अब यसलाई कुनै बहानामा रोक्न नदिइने स्पष्ट गरे । साथै यस अभियानलाई संकुचित नभई देशव्यापी बनाइने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?