
News Summary
Generated by OK AI. Editorially reviewed.- महासचिव घनश्याम भूसालले नेपालमा उद्योग नबढ्न भारतले अनेक प्रपञ्च गरेको आरोप लगाए।
- उहाँले नेपालीले ऋण बोकेको, हेपिएको र नाकाबन्दीको आरोप लगाए।
- एकीकृत समाजवादीले यसलाई मुख्य मुद्दाका रुपमा उठाएको र दलाल पुँजीवादीको आरोप लगाएको बताए।
३१ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गर्ने गरेको बताएका छन् ।
महासचिव भुसालले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेप्नेक्रम नरोकिनुमा भारतको हात रहेको आरोप लगाए ।
नेपालमा उद्योग कलकारखाना बढ्न नदिनका लागि भारतले अनेक कानूनहरु बनाएको, आयात गर्ने सामानमा भन्दा कच्चापदार्थमा बढी भन्सार लगाइदिने गरेकाले रोजगारीमा समेत समस्या उत्पन्न भइरहेको दाबी गरे ।
‘हाम्रोमा आजसम्म पनि दलित समस्या रहेको, हामीले ऋण बोकेको, हामी इन्डियाभन्दा हेपिएको, हामीलाई इन्डियनहरूले हेपेको, हामीलाई नाकाबन्दी लगाएको, अहिलेपनि हामीलाई हेप्नेक्रम नरोकिएको, हाम्रो उद्योग बढ्न नदिनका लागि अनेक कानुनहरू ल्याएको, प्रपञ्च गरेको, नेपालमा घुसखोरी बढेको यी सारा कुराको जड के हो भन्दा हामीकहाँ उद्यम भएन,’ उनले भने ।
महासचिव भुसालले यिनै विषयलाई अहिले एकीकृत समाजवादीले मूल मुद्दाका रुपमा उठाएको बताउँदै नेपालको अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी भएको आरोप लगाए ।
बाहिरबाट सामान आयात गरेर बढीभन्दा बढी नाफा कमाउनकै लागि दलाल पुँजीवादीहरुले उद्योग खोल्ने बातावरण नबनाइदिएको उनको भनाइ थियो ।
प्रतिक्रिया 4