+
+
Shares

रास्वपा र राप्रपाको विरोधलाई बेवास्ता गर्दै अघि बढ्यो संसद

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १३:०१

१ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् ।

सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् ।

सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरुले मानेनन् ।

त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । कांग्रेस प्रमुख सचेतक घिमिरेले नैतिकताको कुरा गर्न थालेपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरिरहेका छन् । राप्रपाका सांसदहरु भने आ–आफ्नो स्थानमा उभिरहेका छन् ।

एकजना उभिँदा पनि वा विरोध जनाउँदा संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ । तर सभामुख घिमिरेले कार्यसूची अनुसार नै बैठक चलाइरहेका छन् ।

सभामुखले कांग्रेसका घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेललाई बोल्न समय दिएका छन् । पौडेलपछि रास्वपाका सन्तोष परियारलाई बोल्न समय दिए पनि परियारले बोलेनन् ।

विपक्षी दलबाट नाराबाजी जारी रहेकै बेला सभामुख घिमिरेले रामप्रकाश चौधरीलाई बोल्न समय दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?