+
+
Shares

रास्वपालाई कांग्रेसको प्रश्न : रविलाई सभापतिमा राखिराख्न कुन नैतिकताले दियो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नैतिकताको कुरा नसिकाउन आग्रह गर्‍यो।
  • श्यामकुमार घिमिरेले गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताए।
  • उहाँले रवि लामिछानेको नैतिकता र निलम्बनको विषयमा प्रश्न उठाए।

१ असार, काठमाडौं । नेपाली कांग्रेसले आफूहरूलाई नैतिकताको कुरा नसिकाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो प्रश्न गरेका हुन् ।

अध्यागमन र भिजिट भिसाको सम्बन्धमा देखिएको समस्याबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सहसचिवसँग बयान लिएकै आधारमा गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको उनको भनाइ थियो ।

रास्वपाले गृहमन्त्रालयका अधिकारीहरू छानबिनमा तानिएकाले गृहमन्त्रीले छानबिनमा सघाउन समेत राजीनामा दिनुपर्ने तर्क गर्दै आएका छन् ।

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागमा जवाफ दिँदै कांग्रेसका प्रमुख सचेतक घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेको भनेर प्रश्न गरेका हुन् ।

‘पाँच/पाँच वटा अदालतमा सहकारी ठगी, संगठित अपराध एवं सम्पति सुद्धीकरणको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान राख्न कुन नैतिकताले दियो ?,’ रवि लामिछाने सभापतिमा रहिरहने र रास्वपाले अरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनको आग्रह छ ।

प्रतिनिधि सभा सदस्यबाट लामिछाने निलम्बनमा रहेका छन् । प्रतिनिधि सभा सदस्य पदबाट निलम्बनमा रहेका व्यक्ति रास्वपा संसदीय दलको नेता कसरी रहिरहन सक्यो भन्ने पनि उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?