+
+
Shares

संसद् दृश्य : वेल घेराउमा रास्वपा, आसनमै उभियो राप्रपा (तस्वीरहरू)

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै उनीहरूले अवरोध जनाएका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असार १ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखे।
  • संसद बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरे।
  • सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न अनुरोध गरे पनि उनीहरूले मानेनन् र बैठक सञ्चालन गरिए।

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेका छन् ।

अहिले जारी बैठकमा रास्वपाका सांसदहरूले वेल घेरिरहेका छन् । उता, अर्को प्रतिपक्षी दल राप्रपाका सांसदहरू भने आफू बस्ने आसन अगाडि उभिएर विरोध गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै उनीहरूले अवरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सञ्चालन गरेका छन् ।

सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए ।

सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरूले मानेनन् ।

त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । कांग्रेस प्रमुख सचेतक घिमिरेले नैतिकताको कुरा गर्न थालेपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरिरहेका हुन् ।

एकजना उभिँदा पनि वा विरोध जनाउँदा संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ । तर सभामुख घिमिरेले कार्यसूची अनुसार नै बैठक चलाइरहेका छन् ।

तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?