+
+
Shares

संसद् छाडेर बाहिरिए राप्रपाका सांसद

बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसनमै उभिएर विरोध जनाइरहेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १३:५५
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

१ असार, काठमाडौं । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।

बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसनमै उभिएर विरोध जनाइरहेको थियो ।

तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन् ।

यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।

अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?