
१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले अधुरा खानेपानी आयोजना सम्पन्न गर्ने कामलाई प्राथमिकतामा राखेको छ ।
एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत स्रोत सुनिश्चित गरिएका क्रमागत, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरणका लागि गण्डकी प्रदेश सरकारको आगामी बजेटले प्राथमिकतामा राखेको हो ।
क्रमागत, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरण आयोजना सम्पन्न गर्नमात्रै आगामी बजेटमा ६० करोड ६१ लख रुपैयाँ बिनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा मात्रै २ सयभन्दा बढी खानेपानी आयोजना सम्पन्न गरी १५ हजार घरमा निजी धारा जडान कार्य सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको छ ।
खानेपानी क्षेत्रका लागि १ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरिएको आर्थमन्त्री डा. टकराज गुरुङले बजेटमा उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4