+
+
Shares

रास्वपा र राप्रपाको अवरोधबीच चल्यो संसद (LIVE)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १२:३०

२ असार, काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

आज पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले विरोध गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका छन् ।

आजको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

प्रतिपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् । उनीहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?