+
+
Shares

११औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रूपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असार ७ मा मनाइने विश्व योग दिवसको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालय र योगगुरुहरूको छलफल भयो।
  • प्रधानमन्त्री ओलीले योगलाई जीवनशैलीका रूपमा विकास गर्न र निरोगी नेपाल अभियानसँग जोड्न आग्रह गरे।
  • कार्यक्रमलाई ‘योगा फर वान अर्थ, वान हेल्थ’ भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय भयो।

२ असार, काठमाडौँ । एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो। प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रूपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिव शिवकुमार सापकोटालगायत सहभागी थिए ।

हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षका लागि ‘योगा फर वान अर्थ, वान हेल्थ’ को आदर्श वाक्यलाई आन्तरिकीकरण गरी मनाउने तय गरिएको छ ।

दिवस मनाउन गत जेठ २९ गते शिक्षा मन्त्रालयमा शिक्षामन्त्री पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको उपस्थितिमा भएको बैठकले मूल समारोह समिति गठन गरेको थियो ।

शिक्षामन्त्री पन्तले योगलाई विद्यालय तहसम्म पुर्‍याउनुपर्ने तथा युवा पुस्तामा समेत योग अभ्यास बढाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?