+
+
Shares

दक्षिण एसिया व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा कार्यशाला

कार्यशाला एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग र राष्ट्रिय योजना आयोगको सहआयोजनामा सञ्चालन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा बिर्तामोडमा सोमबारदेखि आयोजित कार्यशालाले पूर्वी–दक्षिण एसियाका व्यापार र यातायात चुनौती र सम्भावना समीक्षा गर्छ।
  • कार्यशालामा क्षेत्रीय एकीकरण, नीतिगत समाधान र डिजिटल प्रणालीको आवश्यकतामा जोड दिइएको छ।
  • कार्यशालाले काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध करिडोरको स्थलगत अवलोकन र व्यावहारिक सुझावहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ।

२ असार, काठमाडौं । पूर्वी–दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा रहेका चुनौती र सम्भावना समीक्षा गर्न झापा बिर्तामोडमा सोमबारदेखि उपक्षेत्र स्तरीय क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ ।

‘पूर्वी–दक्षिण एसियामा व्यापार र यातायात सञ्जाल ः चुनौतीहरू र आगामी कार्यदिशा’ शीर्षकमा आयोजित कार्यशाला एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग र राष्ट्रिय योजना आयोगको सहआयोजनामा सञ्चालन गरिएको हो ।

कार्यशाला उद्घाटन सत्रमा योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले पूर्वी–दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानबीच व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्दै क्षेत्रीय एकीकरण प्रवद्र्धन गर्ने उद्देश्यले कार्यशाला विशेष अर्थपूर्ण रहेको बताए ।

यस क्षेत्रमा विद्यमान व्यापार र यातायात सञ्जालका समस्या तथा चुनौतीलाई स्थलगत बुझेर क्षेत्रीय सहकार्य मार्फत आवश्यक नीतिगत तथा संगठनात्मक समाधान गर्न कार्यशालाले रणनीतिक सुझाव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले ‘चिकेन्स नेक करिडोर’ लाई सम्भावनाको भूआर्थिक करिडोरका रूपमा व्याख्या गर्दै यसले नेपाल लगायत देशको व्यापार वृद्धि, लागत न्यूनीकरण तथा क्षेत्रीय सहकार्य मजबुत बनाउने बताए ।

उपाध्यक्ष अधिकारीले १६औं योजनाले व्यापार तथा यातायातलाई गुणस्तरीय पूर्वाधार, निर्यात प्रवद्र्धन र क्षेत्रीय समन्वयसँग जोडिएको प्रमुख विषयवस्तुका रूपमा स्थान दिएको उल्लेख गर्दै डिजिटल व्यापार प्रणाली, भन्सार प्रणालीको आधुनिकीकरण र साना व्यापारीहरूलाई समेट्ने समावेशी रणनीति आवश्यक रहेको बताए ।

प्राप्त हुने सम्भावना उपयोग गर्दै करिडोरलाई विशेष प्राथमिकता दिइने उनले बताए । किसान, उद्योगी, व्यवसायी र यस क्षेत्रमा काम गर्ने सबैसँग छलफल गरेर देखिएका समस्या समाधान गर्दै जाने उनले बताए ।

साना व्यापारीमा पर्ने अनुपातिक भार, सीमामा विद्यमान ढिलासुस्ती, र प्राविधिक पहुँच अभाव लगायत चुनौती समाधान गरिने उनको भनाइ छ ।

कार्यशालामा काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध करिडोरको रणनीतिक महत्त्व, डिजिटल व्यापार सहज प्रणाली, बहुपक्षीय साझेदारी तथा निजी क्षेत्रको भूमिका लगायत विषयमा सत्रहरू सञ्चालन हुनेछन् ।

पूर्वी दक्षिण एशियामा अझ मजबुत, समावेशी र दिगो व्यापार तथा यातायात सञ्जाल निर्माणका लागि व्यावहारिक सुझाव प्राप्त हुने अपेक्षा गरिएको छ ।

दुई दिनसम्म चल्ने कार्याशालामा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध करिडोरको स्थलगत अवलोकन समेत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?