+
+
Shares

त्रिविमा कडाइ : मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरु नियुक्तिमा काज बिदा नदिइने

प्राध्यापकहरू प्रदेश, गाउँपालिका, नगरपालिका र विभिन्न संघ संस्थामा नियुक्ति खान जाँदा त्रिविको पठनपाठन प्रभावित भएकाले कडाइ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले काज बिदा सम्बन्धि नियम कडाइ गरेको छ।
  • उपकुलपति प्रा.डा खड्ग केसीले मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरु काज बिदा नदिने निर्णय बताए।
  • यसले प्राध्यापकहरूको नियुक्ति र पठनपाठनमा प्रभाव परेको छ।

२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले काज बिदालाई कडाइ गरेको छ । त्रिविको कार्यकारी परिषद्ले मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरु नियुक्तिको लागि काज बिदा नदिने निर्णय गरेको छ ।

प्राध्यापकहरू प्रदेश, गाउँपालिका, नगरपालिका र विभिन्न संघ संस्थामा नियुक्ति खान जाँदा त्रिविको पठनपाठन प्रभावित भएकाले कडाइ गरेको हो । ‘अब मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरु काज बिदा नदिने निर्णय गरेका छौँ,’ उपकुलपति प्रा.डा खड्ग केसीले भने ।

त्रिविको शिक्षक कर्मचारी सेवा सम्बन्धि नियम २०५० मा काजमा पठाउन सकिने भन्ने व्यवस्था छ । त्रिविको नियममा कुनै शिक्षक वा कर्मचारीलाई विश्वविद्यालयको एक सङ्गठन वा निकायबाट अर्को सङ्गठन वा निकायमा र विश्वविद्यालयबाहिरको कुनै सरकारी वा गैरसरकारी कार्यालयमा काजमा पठाउन सकिने व्यवस्था थियो । यो नियमलाई त्रिविले कडाइ गर्न लागेको हो ।

प्राध्यापकहरू नियुक्ति खान जाँदा आंशिक र करार प्राध्यापक राख्नु पर्ने बाध्यता त्रिविलाई छ । जसका कारण त्रिविलाई आर्थिक भार परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?