
२ असार, काठमाडौं । नेपाल सरकारको सचिवमा खगेन्द्रप्रसाद सुवेदी बढुवा भएका छन् ।
महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सुवेदीलाई बढुवा गरेको हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
उनीसहित बढुवाका लागि सहसचिवद्वय डण्डुराज घिमिरे र कृष्णप्रसाद काप्रिको नाम सिफारिस भएको थियो ।
सुवेदी लोकसेवा आयोगमा कार्यरत सहसचिव हुन् ।
उनी ५८ वर्षे उमेर हदका कारण आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4