+
+
Shares

गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १२:२४

३ असार, काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

२ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए ।

सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए । उनकै ठाउँमा ठाडा मगर एआईजी बढुवा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?