
News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा गणेश ठाडा मगर सिफारिस भएका छन्।
- बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गरेको हो।
- सिफारिसको निर्णय काठमाडौंमा भएको हो।
१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गणेश ठाडा मगर सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको प्रतिस्पर्धामा डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत थिए ।
२ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश ९सीपी० गौतम अनिवार्य अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4