
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजार विकास समितिले जनाएको अनुसार आज लसुनको भाउ घटेको छ।
- चिनियाँ लसुनको भाउ प्रति किलो २१ रुपैयाँ घटेको र नेपाली लसुनको मूल्य स्थिर रहेको छ।
- सोमबार चिनियाँ लसुनको मूल्य २ सय ७ रुपैयाँ थियो, आज १ सय ८६ रुपैयाँ कायम छ।
३ असार काठमाडौं । स्थानीय बजारमा लसुनको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार आज मंगलबार लसुनको भाउ घटेको हो ।
आज चिनियाँ लसुनको भाउ किलोमा २१ रुपैयाँ घटेको छ । सोमबार कालीमाटी बजारमा चिनियाँ लसुन प्रतिकिलो २ सय ७ रुपैयाँमा किनबेच भएको थियो । आज भने प्रतिकिलो १ सय ८६ रुपैयाँ कायम छ ।
यस्तै आज नेपाली लसुन प्रतिकिलो १ सय ५७ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4