+
+
Shares

‘निलो रिबन’ लगाएर संसद पुगे रास्वपा सांसद

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १३:३४

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरु आज निलो रिबन लगाएर गएका हुन् ।

रास्वपाको पार्टीको रङ पनि निलो नै हो । र, रास्वपाले निलो क्रान्तिको वकालत गर्दै आएको छ ।

आजको ‘निलो रिबन’को प्रतीकलाई रास्वपाले मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको रुपमा व्याख्या गरेको छ । ‘मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउँछ’, रास्वपाका सांसद मनिष झाले भने ।

रास्वपाले विरोध जनाए पनि आइतबार र सोमबार सभामुख देवराज घिमिरेले संसदको कारबाही अघि बढाएका थिए । आज पनि संसद नियमित जस्तै अघि बढाउने तयारी गरिएको छ ।

सभामुख आज पनि छलफलमै भएकोले १ बजेका लागि तय भएको संसद बैठक भने अझै सुरु भएको छैन ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?