+
+
Shares

‘महाभोज’ हेरेपछि सेलिब्रेटी, राजनीतिक विश्लेषक के भन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘महाभोज’ शुक्रबारदेखि प्रदर्शनमा आएको र सोमबार विशेष शो आयोजना गरिएको हो।
  • फिल्मले सहकारी ठगी, नेपाली अर्थतन्त्र र सामाजिक समस्यालाई चित्रण गरी सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
  • साहित्यकार अमर न्यौपानेले कानून र न्यायको चुनौतीमाथि प्रश्न उठाएको बताए।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । सोमबार बेलुका राजधानीमा विशेष शो आयोजना गरियो ।

सहकारी ठगीको कथावस्तुमा बनेको फिल्मले वर्तमान नेपाली अर्थतन्त्र र सामाजिक समस्यालाई चित्रण गर्छ । एक दर्शकले फिल्म हेर्दा आफू भावुक र आक्रोशित भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘चलचित्र हेर्दा म अलि भावुक र अलि आक्रोशित भएँ । यसले समाजको यथार्थलाई यति सुन्दर ढङ्गले प्रस्तुत गरेको छ कि यसले मेरो मन छोयो ।’ अर्का एक दर्शकले यो केवल मनोरञ्जन मात्र नभई एउटा शिक्षा र आन्दोलन पनि भएको बताए ।

समग्रमा फिल्मले निर्देशन, पटकथा र अभिनय पक्षमा प्रशंसा प्राप्त गरेको छ । सोमबार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान जोशी, परीक्षा लिम्बु, तुलसी घिमिरे, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाजशास्त्री निर्मला ढकाल लगायतले फिल्म हेरे ।

साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी राज्यको चुनौतीमाथि प्रश्न उठाएको बताए । ‘यत्रो सङ्घर्ष गरेर हामीले संविधान, कानून  बनाएका छौँ । हामी अहिले २०८२ सालको लोकतान्त्रिक गणतन्त्रमा छौँ, तर सहकारी पीडितहरूलाई न्याय गर्न कानूनले काम गरेको छैन । पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन् । ठूलो परिवर्तनपछि पनि कानूनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो चलचित्रले उठाउँछ’ उनले भने ।

अभिनेता आचार्यले फिल्मले जनताको पैसा दुरुपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए । ‘जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर चलचित्रमा राम्रोसँग देखाइएको छ’ उनले भने ।

अभिनेता खनालले फिल्मको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, “गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै ’महाभोज’ ले दिएको सबैभन्दा ठुलो सन्देश हो । हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो चलचित्रले झकझक्याउँछ ।’

अभिनेता जितु नेपालले विषयवस्तुको मार्मिकता र यथार्थ पक्षको प्रशंसा गरे । ‘यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ । र, यो चलचित्र अत्यन्त रमाइलो पनि छ’ उनले भने ।

फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्तको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?