
३ असार, काठमाडौं । गृह मन्त्रालयले १० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।
मन्त्रालयले विभिन्न निकायमा सेवामा रहेका १७ जना सहसचिव र उपसचिवको पनि सरुवा र पदास्थापन गरेको छ ।
हाल सीडीओको भूमिकामा गुल्मीमा रहेका जनार्दन गौतमलाई डडेल्धुरा, गोरखाका पुण्यप्रसाद पौडेललाई बैतडी, रोल्पामा रहेका खिमबहादुर रायमाझीलाई भैरहवा जिल्लाको सीडीओ रुपमा खटाइएको छ ।
यस्तै जुम्लामा रहेका सीडीओ रामबहादुर शाहीलाई सप्तरी र सल्यानका सीडीओ शावित्रा पुनलाई डडेल्धुरा सरुवा गरिएको छ ।
सिन्धुलीका सीडीओ लीलाप्रसाद शर्मा, इलामका सीडीओ कल्पना श्रेष्ठ र बैतडीका सीडीओ दीर्घराज उपाध्याय, डोटीका सीडीओ मोहनराज जोशी, डडेल्धुराका सीडीओ चोमेन्द्र न्यौपाने, भोजपुरका नरबहादुर थापालाई गृह मन्त्रालय तानिएको छ ।
गृहमा रहेका सचिवहरु नेत्रप्रसाद सुवेदीलाई सल्यानको सीडीओ, गृहमै रहेका बुद्धबहादुर गुरुङलाई डोटीको सीडीओ रुपमा खटाइएको गृह मन्त्रालयले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत रहेका दिनेशकुमार भुसाललाई सिन्धुलीको सीडीओको सरुवा गरिएको छ ।
प्रतिक्रिया 4