
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘सानो संसार’ले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गर्यो र अब ‘एमएसएम भिडियो’ ओटीटी प्लेटफर्मबाट स्ट्रिमिङ सुरु भयो।
- निर्देशक सिद्धार्थ पुडासैनी र कलाकार अञ्जसा रिजाल, अनु दाहाल लगायतले अभिनय गरेका यस फिल्मलाई निर्माता अर्जुन कुमारले धेरै दर्शकले हेर्न पाउने बताए।
- यससँगै ‘११ः५५’, ‘परदेशी २’, ‘देवी’ लगायतका अन्य नेपाली फिल्महरू पनि ओटीटीमा उपलब्ध छन्।
काठमाडौं । अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘सानो संसार’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्यो । फिल्मले बक्सअफिसमा अपेक्षित कमाइ नगरेपनि दर्शकको मन भने जित्यो ।
कथावस्तु र अभिनयलाई दर्शकले रुचाए । उचित शोको कारण कतिपयले हलमा फिल्म हेर्न नपाएको गुनासो पनि गरेका थिए । अब भने, यो फिल्मलाई तपाईंले घरमै बसेर हेर्न सक्ने सुविधा छ ।
नेपाली ओटीटी एप ‘एमएसएम भिडियो’ले मंगलबारदेखि यो फिल्मले स्ट्रिमिङ थालेको छ । मध्यमवर्गीय परिवारको मर्मस्पर्शी कथा पेश गर्ने यो फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् ।
अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, सीतादेवी तिमल्सिना, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटीमा यसको शीर्ष भूमिका छ । निर्माता अर्जुन कुमारले ओटीटीमार्फत धेरै भन्दा धेरै दर्शकले फिल्म हेर्न पाउने बताए ।
यसबाहेक ‘११ः५५’, ‘परदेशी २’, ‘देवी’, ‘महाजात्रा’, खुश्मा, ह्रस्वदीर्घ, अगस्त्य, बगान, चित्रा, बुलबुल पनि ओटीटीमा आइसकेका छन् ।
प्रतिक्रिया 4