
३ असार, गुल्मी । पहिरोले ३६ घन्टादेखि अवरुद्ध भएको कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–६ बरम्बास्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डमा सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
चट्टान सहितको पहिरो पन्छाउने काम भइरहेकोले एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गंगाबहादुर सारुले जानकारी दिए । सडक पूर्णरूपमा सुचारु हुन भने समय लाग्ने प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा गुल्मीको पुर्तिघाटसँगै छिमेकी जिल्ला बागलुङ, पर्वत र पोखरासम्म पुग्ने सवारी बीच बाटोमै रोकिएका थिए ।
सडक एकतर्फी सुचारु भएपछि रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेको डीएसपी सारुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4