+
+
Shares

न्यायलाई विकृत पार्ने न्यायाधीशमाथि कारवाही होस् : पूर्वन्यायाधीश फोरम

सबै तहका न्यायाधीशहरुको व्यवसायिक स्वतन्त्रताको संरक्षण हुनुपर्ने भन्दै फोरमले त्यस सिलसिलामा पदीय स्वतन्त्रता, मर्यादा र सुरक्षाको प्रत्याभूतिमा पनि जोड दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वन्यायाधीश फोरम नेपालले न्यायाधीशमाथि कारवाही गर्न माग गरेको छ।
  • फोरमले न्यायालयको स्वतन्त्रता र गरिमा जोगाउन आवश्यक रहेको बताएको छ।
  • उच्च अदालत वीरगञ्जमा न्यायाधीशमाथि भएको आक्रमणप्रति आफ्नो ध्यानाकर्षण गरिएको छ।

३ असार, काठमाडौं । पूर्वन्यायाधीशहरुले न्यायलाई विकृत पार्ने न्यायाधीशमाथि कारवाही गर्न माग गरेका छन् ।

पूर्वन्यायाधीश फोरम नेपालले मंगलबार एक विज्ञप्ति जारी गरेर आचरणमा स्वच्छता नअपनाउने र न्यायलाई विकृत पार्ने न्यायाधीशलाई कडा कारवाही गर्न माग गरेका हुन् ।

न्यायलय स्वतन्त्र र सक्षम देखिनका लागि न्यायाधीशहरुको कामकारवाही स्वच्छ हुनुपर्ने भन्दै फोरमले न्यायाधीशहरुको ध्यानाकर्षण गराएको हो ।

राजनीतिक दल, नेता वा कसैको निर्देशनमा न्यायालय चलेको छ भन्ने हल्लाले समाजमा स्थान पाउदै गएको भन्दै फोरमले त्यसतर्फ ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

फोरमले विज्ञप्तिमार्फत भनेको छ, ‘न्यायाधीशको समग्र आचरणको स्वच्छता, न्यायिक शुद्धता, सक्षमता र जनआस्था आर्जन गर्नसक्ने छविले मात्र न्यायालय र न्यायाधीशको गरिमा जोगाउन सक्दछ भन्ने कटु सत्यलाई हरेक तहका न्यायाधीशज्यूहरुले आत्मसाथ गर्नुपर्दछ ।’

सबै तहका न्यायाधीशहरुको व्यवसायिक स्वतन्त्रताको संरक्षण हुनुपर्ने भन्दै फोरमले त्यस सिलसिलामा पदीय स्वतन्त्रता, मर्यादा र सुरक्षाको प्रत्याभूतिमा पनि जोड दिएको हो ।

फोरमले उच्च अदालतको वीरगञ्ज इजलासमा न्यायाधीशमाथि गरिएको आक्रमणप्रति आफ्नो ध्यानाकर्षण रहेको भन्दै फोरमले त्यसले न्यायाधीशको पदीय स्वतन्त्रतामा आघात पुगेको टिप्पणी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?