
प्रतिकात्मक तस्वीर ।
४ असार, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जना मृत फेला परेका छन् ।
अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए ।
मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब दुई सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
उनीहरुका मृत्युको कारण यकिन भइसकेको छैन । ‘शव पोष्टमार्टमका लागि पठाइसकिएको छ र अनुसन्धान जारी छ,’ एसपी योगीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4