+
+
Shares

मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुरलाई आज काठमाडौं ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते ९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएर ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइन्छ।
  • उनी कम्बोडियामा पक्राउ परेका थिए र नेपाल प्रहरीको टोलीले उनलाई ल्याएको हो।
  • सीआईबीले उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ।

४ असार, काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई आज नेपाल ल्याइँदै छ ।

रेडकर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । आज बिहान काठमाडौं ल्याईपुर्‍याएर उनलाई सीआईबीमा लगिने छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?