+
+
Shares

स्वस्तिश्री गुरुकुलमा विद्यालय तहमा उद्यमशीलता सम्बन्धी अन्तर्क्रिया

अन्तर्क्रियामा प्रमुख वक्ताका रूपमा काठमाडौं विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले उद्यमशीलता विकासका लागि पाठ्यक्रम तयार गरी लागु गर्नुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वस्तिश्री गुरुकुल आईवी वर्ल्ड स्कुलले विद्यालय तहमा उद्यमशीलता सम्बन्धी अन्तर्क्रिया गरेको हो।
  • काठमाडौं विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले पाठ्यक्रम तयार गर्नुपर्ने बताए।
  • प्यानल छलफलमा एन्टोनी कर्नडेटले युवा उद्यमी बनाउने सुझाव दिए र विद्यार्थीलाई चुनौती सामना गर्न सिकाउन आग्रह गरे।

४ असार, काठमाडौं। स्वस्तिश्री गुरुकुल आईवी वर्ल्ड स्कुलले ‘विद्यालय तहमा उद्यमशीलता’ सम्बन्धी अन्तर्क्रिया गरेको छ ।

अन्तर्क्रियामा प्रमुख वक्ताका रूपमा काठमाडौं विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले उद्यमशीलता विकासका लागि पाठ्यक्रम तयार गरी लागु गर्नुपर्ने बताए ।

साथै, उनले विद्यालय तहमा यसरी उद्यमशीलता विषयमा विद्यालयले यस्तो प्रभावकारी कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे ।

उक्त छलफल अन्तर्गत नै ‘युवा उद्यमीहरू : दृष्टिकोणदेखि उद्यमसम्म’ विषयमा भएको प्यानल छलफलमा प्रमुख अतिथि तथा प्यानलिस्टका रूपमा द पावर स्कुल म्याड्रिड स्पेनका प्रमुख विद्यालय विभाग एन्टोनी कर्नडेट (टोनी) ले युवा अवस्थामै उद्यमशीलताको अवधारणा दिनुपर्नेमा जोड दिए ।

विद्यार्थीलाई भविष्यमा उद्यमी बनाउन अहिलेबाट नै चुनौती सामना गर्न सिकाउन विद्यालयलाई सुझाव दिँदै विद्यार्थीलाई आफ्नो रुचिको क्षेत्रमा खोज, अनुसन्धान गर्दै अगाडि बढ्न आग्रह गरे ।

त्यसैगरी स्वस्तिश्री गुरुकुल विद्यालयकी प्रिन्सिपल नेहा केसीले विद्यालय तहमा नै उद्यमशीलता सम्बन्धी विभिन्न क्रियाकलापमा बालबालिकालाई संलग्न गराउनुपर्ने अवधारणा व्यक्त गरिन् ।

स्वस्तिश्री गुरुकुलले यस प्रकारका क्रियाकलापमा विगतदेखि नै बालबालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउँदै चुनौती सामना गर्न सिकाउँदै अगाडि बढेको जानकारी गराइन् ।

कारखानाका प्रमुख कार्यकारी निर्देशक पवित्रबहादुर गौतमले विद्यालयदेखि नै जिज्ञासु, उत्सुक, निडर र चुनौती सामना गर्न तत्पर रहन आग्रह गरे ।

प्यानल छलफल सहजकर्ताका रूपमा स्टार्टअप एन्ड इनोभेटिभ फोरम, एफएनसीसीआई अध्यक्ष जुना माथेमाले आफूमा २४ वर्षकै उमेरमा उद्यमशीलतामा लगाव रहेको र वर्तमान अवस्थासम्म आउन सफल रहेको बताइन् ।

उक्त कार्यक्रममा स्वस्तिश्री गुरुकुलका ३ समूहका विद्यार्थीले आ–आफ्ना स्टार्टअप आइडिया प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी, अभिभावक एवं सम्पूर्ण शिक्षक–कर्मचारीको सक्रिय सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?