
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार दिउँसो परेको अविरल वर्षाका कारण काभ्रेको बीपी राजमार्ग अवरुद्ध भएको थियो।
- पहिरोले सडक अवरूद्ध भएपछि एकतर्फी सवारी आवागमन सुचारू गरिएको छ।
- सडकको पहिरो हटाउने काम जारी रहेको र यात्रुहरुलाई सावधानी अपनाउन ट्राफिक कार्यालयले आग्रह गरेको छ।
४ असार, काभ्रेपलाञ्चोक। बुधबार दिउँसो परेको अविरल वर्षाका कारण साँझ ५ बजेदेखि लेदोसहितको पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फी सवारी आवागमन एकतर्पी रूपमा सुचारु भएको छ । गतवर्षको असोज दोस्रो साताको बाढी र पहिरोले क्षतविक्षत बनेको थियो ।
काभ्रेको धुलिखेल नगरपालिका-११ पात्लेखेतमामाथिबाट आएको लेदोसहितको पहिरोका कारण एकतर्फी सवारी आवागमन सुचारु भएको अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ कार्यलय प्रमुख वरिष्ठ सई कुलबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार पहिरोले अवरुद्ध सडक जेसीबी प्रयोग गरेर दुईतर्फी नै चलाउने प्रयास जारी छ ।
उनले भने, ‘पात्लेखेतमामाथिबाट आएको लेदोसहितको पहिरोले सडक अवरुद्ध बनायो। एकतर्फी सवारी आवागमन सुचारु भएको छ। अहिले जेसीबीले सडकको पहिरो हटाउने काम भइरहेको छ।’
यसका साथै बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूलाई विशेष सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेले अनुरोध गरेको छ।
वर्षाको समयमा सडक अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेका प्रमुख सुनिल धुजुले आग्रह गरे ।
प्रतिक्रिया 4