+
+
Shares

सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले यो सरकार आएपछि देशभर दलितमाथि हत्या, हिंसा, बलात्कार बढिरहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १३:५१
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद डा. अमरेशकुमार सिंह । तस्वीर : चन्द्र आले/अनलाइनखबर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. अमरेशकुमार सिंहले प्रतिनिधिसभामा दलितमाथि हिंसा र अन्यायको विषय उठाए।
  • दलित समुदायमाथि भइरहेको हिंसाबारे सरकार मौन रहेको उनको आरोप छ।
  • उनले सवारीचालक अनुमति पत्र वितरणमा अनियमितता र दुर्घटना बढेको बताए।

५ असार, काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दलित समुदायमाथि हिंसा बढिरहँदा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले वर्तमान सरकारले दलित समुदायमाथि अन्याय गरिरहेको बताएका हुन् ।

‘यो सरकार आएपछि देशभर दलितमाथि हत्या, हिंसा, बलात्कार भइरहेको छ,’ डा. सिंहले भने, ‘महोत्तरीको रामगोपालपुरमा केही दिनअघि दलित महिलाकी एक महिलामाथि सामूहिक बलात्कार भयो । तर, अहिलेसम्म कारबाही भएन ।’

दलित यो देशको नागरिक होइन र उसले न्याय नपाउनु पर्ने भन्दै उनले सरकारसँग प्रश्न गरे ।

फरक प्रसंगमा उनले पैसा खाएर सवारीचालक इजाजतपत्र बाँडिएकाले दिनहुँ दुर्घटनाका घटना बढिरहेको बताए । ‘पैसा खाएर हातहातमा लाइसेन्स दिइएको छ । टिपर चलाउने अधिकांशको लाइसेन्स नक्कली छ । जसका कारण दिनहुँ दुर्घटनाको घटना बढिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?