+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
संगीत :

‘झोले’ गीत चर्चामा आएपछि पशुपति शर्मा : सहिलाई सहि, गलतलाई गलत भन्न सक्नुपर्‍यो

उनले भने, ‘मैले यो गीत नेताभन्दा पनि सम्पूर्ण समाजलाई लक्षित गरेर लेखेको हुँ । आजभोलि कलाकारदेखि मिडियासम्म, सबैले आफूले जे गरे पनि ठीक ठान्छन्, अरूले सामान्य कुरा गरे पनि गलत देखिन्छ र यही सोचको विरोधमा यो गीत बनाएको हुँ ।’

प्रतिक्षा रिजाल प्रतिक्षा रिजाल
२०८२ असार ५ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक पशुपति शर्माले नयाँ व्यंग्यात्मक गीत ‘झोले त तैं, झोले त मैं’ युट्युबमा सार्वजनिक गरे।
  • गीतले वर्तमान राजनीतिक र सामाजिक यथार्थलाई व्यंग्यात्मक शैलीमा चित्रण गरेको छ।
  • शर्माले भने, ‘मैले यो गीत नेताभन्दा पनि सम्पूर्ण समाजलाई लक्षित गरेर लेखेको हुँ।’.

नेताको गुणगान गाउने नि तैं
तिनैको पछि लाउने नि तैं
भ्रष्टलाई देउता मान्ने नि तैं
र्‍यालीमा ढुंगा हान्ने नि तैं

केपी नि सहि, देउवा नि सहि
प्रचण्ड सहि, रवि नि सही
खराब त तैं, खराब त मैं

गायक पशुपति शर्माले नयाँ गीत ‘झोले त तैं, झोले त मैं’ युट्युबमा सार्वजनिक गरेका छन् । गीतमार्फत उनले वर्तमान राजनीतिप्रति टिप्पणी गरे । ५ मिनेट लामो गीत विहिबार रिलिज भयो । सामाजिक संजालमा यसको चर्चा सुरु भएको छ ।

गीतमा उनले सधैंझैं समाज, राजनीति र आममानिसको मनोदशालाई व्यंग्यात्मक शैलीमा पस्किएका छन् । गीतमा प्रयोग गरिएको ‘झोले’ शब्दले केही साताअघिको प्रसंग याद गराउँछ । जतिबेला, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हो’ भनेर सामाजिक सञ्जालमा अभियान चलाएका थिए ।

ओलीको सिको गर्दै अन्य एमाले नेता र कार्यकर्ताले पनि ‘म झोले हो’ पोस्टर सेयर गरेका थिए । घरेलु राजनीतिमा ‘झोले’ शब्द चर्चामा रहँदा शर्माले त्यही शब्दलाई लिएर आकर्षक गीत तयार पारेका छन् ।

यो गीत सार्वजनिक भएपछि थुप्रै कोणबाट क्रिया प्रतिक्रिया प्राप्त भैरहेको छ । यस्तोमा, गायक शर्माले अनलाइनखबरसँग कुरा गर्दै आफूले बनाएको गीत कुनै खास दल र नेता लक्षित नभएको दावी गरे ।

उनले भने, ‘मैले यो गीत नेताभन्दा पनि सम्पूर्ण समाजलाई लक्षित गरेर लेखेको हुँ । आजभोलि कलाकारदेखि मिडियासम्म, सबैले आफूले जे गरे पनि ठीक ठान्छन्, अरूले सामान्य कुरा गरे पनि गलत देखिन्छ र यही सोचको विरोधमा यो गीत बनाएको हुँ ।’

उनका अनुसार, गीतमा राखिएको ‘झोले’ शब्द प्रधानमन्त्री ओलीले बोल्नु भन्दा पहिल्यै लेखिएको हो । ‘मैले त गीत पहिल्यै बनाएको थिएँ । अहिले संयोग यस्तो पर्‍यो कि त्यही शब्द फेरि चर्चामा आयो,’ उनले भने ।

गीतले एकदमै स्पष्ट सन्देश दिन खोजेको उनले बताए । ‘हामीले ‘के सही र के गलत’ भन्ने छुट्याउने चेतना विकास गर्नुपर्छ र सहिलाई सहि भन्न सक्ने र गलतलाई गलत भन्न सक्ने हिम्मत अब समाजमा आउनुपर्छ’ उनले भने ।

यो गीतलाई ‘व्यंग्यात्मक र चेतनामूलक सन्देश’का रूपमा हेर्न पनि उनले आग्रह गरे । शर्माले यसअघि ल्याएका गीतले पनि राजनीति र समाजका बेथितीको उछितो काढेका थिए ।

उनको संगीतले लोकभाषा र लोकधुनको माध्यमबाट समाजका गम्भीर प्रश्न उठाउँछन् । यसअघि उनको ‘लुट्न सके लुट कान्छा’ जस्ता गीतले भ्रष्टाचारको विरोधमा चर्को आवाज उरालेको थियो ।

अन्य गीतले पनि सामाजिक समस्या र विभेदप्रति आवाज उठाएका छन् । गीतमार्फत सामाजिक तथा राजनीतिक यथार्थ चित्रण गर्ने गायक शर्मा यसअघि गीतकै कारण विवादमा समेत परेका थिए । रोचक कुरा के छ भने, उनको अघिल्लो हिट र विवादित गीतलाई जसलाई युट्युबबाट हटाइएको थियो । त्यतिबेला पनि प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली थिए ।

अहिले उनको नयाँ गीत सार्वजनिक भएको केही घण्टामै युट्युबमा दर्शकको राम्रो प्रतिक्रिया आउन थालेको छ । धेरैले यो गीतलाई समय सान्दर्भिक र सशक्त व्यंग्यको रूपमा हेरेका छन् । गीतको शब्द, संगीत र स्वर सबै उनी स्वयंले तयार गरेका हुन् ।

शर्माको गीत ‘छोरी पाएँ मैले’ले लैंगिक समानताको आवाज बोकेको थियो । झमझम, दोहोरीको राजा, म नाचेँ पनि हिट रहे । राजनीतिक टिप्पणी गरिएको ‘लुट्न सके लुट’ अहिले पनि उत्तिकै चर्चित छ । लोकगायनलाई कथावाचन शैलीमा प्रस्तुत गर्ने विशिष्टता उनको गीतमा पाउन सकिन्छ ।

लेखक
प्रतिक्षा रिजाल

रिजाल अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?