+
+
Shares

आफ्नै निर्णयबाट पछि हटे बालेन, चार जनालाई पुरानै जिम्मेवारी

बालेनले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समिति संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १५:४४

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आफैंले गरेको निर्णयबाट पछि हटेका छन् ।

१ जेठमा बालेनले सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए ।

उक्त निर्णय खोसिएकोमा वडाध्यक्षहरूले विरोध जनाएका थिए ।

उक्त निर्णयबाट मेयर शाह पछि हटेको एक वडाध्यक्षले जानकारी दिए । ‘पछिल्लो समय आफू (मेयर शाह) ले गरेका केही बचकाना निर्णयबाट पनि पछि हट्नु भएको छ,’ एक वडाध्यक्षले भने ।

उनीहरूको स्थानमा सूचना प्रविधि समिति संयोजकमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, कांग्रेसबाट नै निर्वाचित वडाध्यक्ष दलबहादुर कार्कीलाई सुशासन समिति संयोजक, सम्पदा तथा पर्यटन समितिका संयोजकमा कांग्रेसबाट निर्वाचित विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ संयोजक तोकिएका थिए ।

बालेनले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समिति संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको बताएका थिए ।

तर, नयाँ तोकिएको समिति संयोजकमा रास्वपाबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठबाहेक कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रजापति र कार्की तथा एमालेबाट निर्वाचित राजभण्डारीले भने बालेनले दिएको समिति संयोजकको जिम्मेवारी अस्वीकार गरे ।

श्रेष्ठले भने जिम्मेवारी स्वीकार गरिन् ।

पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?