+
+
Shares

दुई न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश शर्माको समिति बन्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १७:३८

५ असार, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालत न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ ।

बिहीबारको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो । अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ ।

न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्दा न्यायपरिषद्का सदस्य वा सर्वोच्च अदालतका कुनै न्यायाधीशको समिति गठन गर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार, बिहीबार समिति गठन भएको हो ।

अब न्यायाधीश शर्माको एक सदस्यीय समितिले सम्बन्धित न्यायाधीश वा अन्य व्यक्तिसँग सोधपुछ गर्न पाउने व्यवस्था छ ।

समितिले तोकिएको समयभित्र राय सहितको प्रतिवेदन न्यायपरिषदमा बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?