
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर नभएको स्पष्ट पारे।
- उहाँले सरकारसँग भएको सहमति सत्ता साझेदारी र जनयुद्धकालीन मुद्दासँग जोडिएको टिप्पणी असान्दर्भिक भएको बताए।
- उहाँले समितिको गठन आवश्यक रहेको र संक्रमणकालीन न्याय सम्बन्धी कामहरू सत्य निरुपण तथा मेलमिलाप आयोगले गरिरहेको बताए।
५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा सरकारसँग भएको सहमति सत्ता साझेदारी र जनयुद्धकालीन मुद्दाका विषयलाई जोडेर भइरहेको टिप्पणी असान्दर्भिक रहेको बताए ।
‘जनयुद्धकालीन मुद्दाहरूसँग साटफेर गरियो कि भन्ने कुरा निकै असान्दर्भिक हो । जहाँसम्म समिति गठनको कुरा छ सरकारले अविलम्ब गठन गनुपर्छ,’ उनले भने, ‘रास्वपा लगायतका साथिहरूले पनि धैर्यता अपनाउनुपर्छ । सरकारले कार्यादेश स्पष्ट गरेर समिति बनायो भने हामी रास्वपाका साथिहरूलाई पनि मनाउन सकिन्छ । र रास्वपाले पनि यही विषयमै आन्दोलन चलाइराख्न आवश्यक छैन ।’
संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कामहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सुरु गरिसकेको समेत उल्लेख गरे ।
‘भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले सरकारसँग गरेको सहमतिमा सत्ता लेनदेनको कुनै सन्दर्भ छैन,’ उनले भने, ‘अरु कुनै विषयसँग साँठफेर गरेको कुरा पनि सत्य होइन । सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता नागरिकको छानबिन आयोगले काम सुरु गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धीका कामहरू आयोगले गर्छ ।’
प्रतिक्रिया 4