+
+
Shares

सिरहामा युवतीको छुरा प्रहारबाट युवक घाइते

गोलबजार नगरपालिका ४ मा डेरा गरी बस्ने वडा नम्बर १३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजारमा युवतीले युवकलाई छुरा प्रहार गरी घाइते बनाएको घटना भएको छ।
  • २४ वर्षीय अशोक कुमार महतो घाइते भएका छन् र प्रहरीले युवतीलाई नियन्त्रणमा लिएको छ।
  • घाइते युवकलाई स्थानीय भुमिजा अस्पतालमा उपचार भइरहेको छ।

५ असार, जनकपुरधाम।सिरहाको गोलबजारमा युवतीको छुरा प्रहारबाट युवक घाइते भएका छन् ।

गोलबजार नगरपालिका ४ मा डेरा गरी बस्ने वडा नम्बर १३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका हुन् ।

गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवतीले वादविवादको क्रममा तराकारी काट्ने छुरा घाँटीमा प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

घाँटीमा छुरा प्रहारपछि घाइते युवकको उपचार स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ ।

प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?