
News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडी कलाकार बेगम नेपालीले नयाँ वेब सिरिज ‘गाह्रो छ जिन्दगी’ सुरु गरेका छन्।
- सिरियलले सामाजिक कथावस्तु र जीवनका कठिन पक्षहरू देखाउने प्रयास गरेको छ।
- पहिलो एपिसोडले युट्युबमा राम्रो भ्यूज पाएको छ।
काठमाडौं । कमेडी सिरियलमार्फत दर्शकमा बेग्लै पहिचान बनाएका कलाकार बेगम नेपालीले नयाँ वेब सिरिज ‘गाह्रो छ जिन्दगी’ ल्याएका छन् । ‘भटभटे माइला’ नामले परिचित उनले यसपटक भावनात्मक कथावस्तुमा आधारित सिरियल सुरु गरेका छन्, जसको पहिलो एपिसोड बुधबार युट्युबमार्फत सार्वजनिक भएको हो ।
यसअघि ‘गाह्रो छ हो’ कमेडी श्रृंखला ल्याएका उनले नयाँ श्रृंखलामार्फत जीवनका कठिन पक्ष देखाउने प्रयास गरेका छन् । नयाँ सिरियलमा पनि उनी शीर्ष भूमिकामा देखिएका छन् । लेखन पनि उनको आफ्नै छ ।
निर्देशकमा प्रवेश पोखरेल छन् भने निर्माण ‘भटभटे फिल्मस्’को ब्यानरमा भएको हो । यसमा कुलबहादुर अधिकारी, रिश्ता बस्नेत, रीता शिवाकोटी, मलाइका बस्नेत, शीतल गिरी, हर्षिका वली र सोहन थापाको अभिनय छ ।
सामाजिक कथावस्तुमा आधारित यो श्रृंखलाको पहिलो भागले युट्युबमा राम्रो भ्यूज पाएको छ । सिरियलले पारिवारिक संघर्ष, सम्बन्ध, सपना र जीवनका विविध पक्ष समेट्दै भावनात्मक यात्रा प्रस्तुत गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4