+
+
Shares

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए विद्यार्थीहरूले नमुना पत्रकार सम्मेलन अभ्यास सम्पन्न गरे।
  • कार्यक्रमले विद्यार्थीहरूलाई मिडिया समन्वय, पत्रकार सम्मेलन सञ्चालन र प्रेस विज्ञप्ति तयार गर्ने सीप सिकाएको बताइन्छ।
  • पत्रकारहरू र सहभागी विद्यार्थीहरूले सिकाइको अनुभव र कार्यक्रमको महत्व औंल्याएका छन्।

६ असार, पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बीबीए अन्तिम सेमेस्टरमा मिडिया र जनसम्पर्क विषय अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँबरले बताए ।

क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरूले यस्ता कार्यक्रमबाट आफ्नो व्यावसायिक जीवनमा अत्यन्त काम लाग्ने सीप सिक्ने बताइन् ।

कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।

पत्रकारहरू शान्ति गुरुङ, शोभाकान्त सिग्देल र केशवशरण लामिछनेले विद्यार्थीहरूको प्रस्तुतिमा टिप्पणी तथा मूल्यांकन गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरूबाट नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाइको अनुभव भएको सहभागी विद्यार्थी गायत्री भट्टराईले बताइन् ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?