+
+
Shares

अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न, अध्यक्षमा एनबी अञ्जान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १८:४२

७ असार, काठमाडौं । अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अनेसासको विधान अनुरुप दुई वर्षे कार्यकाल रहने गरी अधिवेशनबाट एनबी अञ्जानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

अनलाइनमार्फत सम्पन्न अधिवेशनबाट समितिमा सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष चयन भएका छन् । यस्तै, सजु पौडेल बराल, सुजन पण्डित र प्रेम कोइराला सदस्यमा निर्वाचित भएका छन् ।

अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा निर्वाचन समितिका संयोजक थिए । यस्तै, पोर्चुगल सल्लाहकार अर्जुन श्री र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?