+
+
Shares

नेपालीले ११ महिनामै पड्काए २२ करोड २६ लाखको चुइगम

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव ११ महिना अवधिमा २२ करोड २६ लाख ६८ हजार रुपैयाँ बराबरको चुइगम आयात भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा २२ करोड २६ लाख ६८ हजार रुपैयाँको चुइगम आयात भएको छ।
  • भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठसम्म ४ लाख २३ हजार १९० किलो चुइगम आयात भएको हो।
  • अघिल्लो वर्षको ११ महिनामा ५६ करोड ४४ लाख १६ हजार रुपैयाँको १५ लाख ७२ हजार किलो चुइगम आयात भएको थियो।

६ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा विदेशबाट चुइगम आयातमा २२ करोड रुपैयाँ बढी रकम बाहिरिएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव ११ महिना अवधिमा २२ करोड २६ लाख ६८ हजार रुपैयाँ बराबरको चुइगम आयात भएको हो ।

साउनदेखि जेठसम्मको यस अवधिमा ४ लाख २३ हजार १ सय ९० किलो चुइगम आयात भएको छ । यसबापत आयातकर्ताले सरकारलाई १८ करोड २४ लाख ३८ हजार रुपैयाँ राजस्व बुझाएका छन् ।

नेपालमा भारत, चीन, अमेरिका, हङकङ लगायत देशबाट चुइगम भित्रिने गरेको छ । भारतबाट सबैभन्दा धेरै १८ करोड ६४ लाख रुपैयाँको चुइगम भित्रिँदा अमेरिकाबाट २ करोड लाख २८ लाख रुपैयाँको चुइगम भित्रिएको छ ।

यस्तै गत आवको ११ महिनामा भने ५६ करोड ४४ लाख १६ हजार रुपैयाँको १५ लाख ७२ हजार किलो चुइगम आयात भएको थियो । उक्त परिमाणमा चुइगम आयात हुँदा सरकारले ४५ करोड ३८ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?