
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले ७ असारमा फरार ‘जोगी’ लोकबहादुर महतलाई पक्राउ गरेको छ।
- हत्या घटनामा संलग्न रहेका अन्य दुई व्यक्तिहरूलाई अनुसन्धानका लागि म्याद थप गरिएको छ।
- प्रहरीले महतलाई वृद्धाश्रमबाट लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
७ असार, तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बद्रिमुक्ती टोलमा भएका एक हत्या घटनामा संलग्न भई फरार रहेका ‘जोगी’ उपनामले चिनिने लोकबहादुर महतलाई प्रहरीले पक्राउ गरेको छ ।
गएको असार ५ गते ३२ वर्षीय प्रकाश पौडेललाई मादक पदार्थ सेवन गरी कुटपिटपछि हत्या गरिएको थियो । घटनामा संलग्न रहेका पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ४२ वर्षीय राम लामा घटनापछि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय तनहूँका सुचना अधिकारीआशिष विकले जानकारी दिए ।
उनीहरूलाई तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ ।
हत्या गरेर फरार रहेका महोत्तरी बर्दिवास नगरपालिका–१ का ४६ वर्षीय लोकबहादुर महत (जोगी) लाई प्रहरी टोलीले चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रमबाट लुकिछिपि बसिरहेको अवस्थामा असार ७ गते पक्राउ गरेको हो ।
महतलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँमार्फत प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4