+
+
Shares

ढुंगागिट्टी निर्यातसम्बन्धी बजेटको ८७ नम्बर बुँदाविरुद्ध दायर रिटमा आज सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा आज खानीजन्य र नदीजन्य सामग्रीको उत्खनन र निर्यात सम्बन्धी बजेट बुँदा कार्यान्वयन नगर्न माग गर्दै दायर रिटको सुनुवाइ हुँदैछ।
  • अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट बुँदा नम्बर ८७ मा उक्त व्यवस्था उल्लेख भए पनि सर्वोच्चले पूर्वमा नै कार्यान्वयन नगर्न परमादेश दिएको थियो।
  • वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना भएको भन्दै विपक्षीलाई कारबाही गर्न माग गर्दै रिट दर्ता गरेका हुन्।

८ असार, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ८७  कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुन लागेको हो ।

जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुतु गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ८७ मा खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग र निर्यात गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको बुँदा नम्बर १९९ मा पनि यस्तै खालको व्यवस्था राखिँदा सर्वोच्चले त्यसलाई कार्यान्वयन नगर्न परमादेश जारी गरेको थियो । तर सर्वोच्चको परमादेशलाई बेवास्ता गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि खानीजन्य र नदीजन्य निर्माण सामग्री निर्यात गर्ने व्यवस्था गरिएपछि अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय एवं वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा विपक्षीहरुलाई एक वर्ष कैद र दश हजार जरिबाना सजाय गर्न, भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गर्न र बजेटको बुँदा नम्बर ८७  कार्यान्वयन नगर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?