
News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस नेता डा.शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड नराख्ने प्रधानमन्त्रीको हठप्रति आपत्ति जनाए।
- उनले संसदले पास गरेको विधेयक सभामुखले छलफलमा नल्याएको असन्तुष्टि व्यक्त गरे।
- कोइरालाले भने, \'प्रधानमन्त्रीको हठ किन? कस्को लागि?\'
८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड नराख्न प्रधानमन्त्री केपी शर्मा ओली तयार नरहेको भन्दै आपत्ति जनाएका छन् ।
राज्य व्यवस्था समितिले पास गरेको संसदमा पठाएको विधेयकलाई प्रधानमन्त्रीको आदेशमा सभामुख देवराज घिमिरेले छलफलमा नल्याएको कोइरालाले बताए । कांग्रेस सरकारमा भएको तर सत्ता नहुँदा उक्त विधेयक अघि बढ्न नसकेको उनले बताए ।
‘कांग्रेस सत्तामा भएको भए ल्याउँथ्यो । अरु दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्छन् । प्रधानमन्त्रीको हठ किन ? कस्को लागि ? ’ कोइरालाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।
तनहुँमा आइतबार भएको कार्यक्रममा कोइरालाले भने,‘सचिव बनाउने, रिटायर्ड हुने वित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनिहरुले कस्को काम गर्लान्? भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो ।’
अवकाशपछि कुलिङ पिरियड अरु देशमा पनि भएको कोइरालाले बताए । कांग्रेस सरकारमा रहेपनि सत्ता कांग्रेसको पकडमा नभएको बताए । ‘सत्ता हामीसित छैन । हामी सरकारमा छौं । डेमोक्रेसीमा संरचनाहरुले काम गरिरहेको हुन्छ,’ कोइरालाले भने,‘त्यो संरचनामा कस्ता मान्छे छन् ।’
प्रतिक्रिया 4