+
+
Shares

काम खोज्दै ११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा

हरेक महिना औसत ६९ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असार महिनामा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेशिएका छन्।
  • वैदेशिक रोजगार विभागका अनुसार हरेक महिना औसत ६९ हजार १ सय २६ युवाले श्रम स्वीकृति लिएका छन्।
  • सबैभन्दा बढी युवाले श्रम स्वीकृति यूएईमा लिएका छन्, जसमा जेठमा २४ हजार ७ सय ४ जना थिए।

८ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार हरेक महिना औसत ६९ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा युवाले श्रम स्वीकृति लिएका छन् । यसबाहेक साउदी अरब, कतार, मलेसिया सहित गन्तव्यमा धेरै युवाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

विभागका अनुसार जेठमा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीमा ११ हजार ९ सय ६१ र कतारमा ११ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।

कुन महिना कति विदेशिए ?

क्र.सं.

महिना

संख्या

१.

साउन

५९,५७५

२.

भदौ

५७,४९३

३.

असोज

५३,५२५

४.

कात्तिक

७०,९९०

५.

मंसिर

८४,२२६

६.

पुस

६७,२५८

७.

माघ

७२,४४१

८.

फागुन

६८,९६३

९.

चैत

७३,४०३

१०.

वैशाख

७८,०५०

११.

जेठ

७४,४६७

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?