News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखापत्रका संवाददाता सरोज ढुंगेलले सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार प्राप्त गरे।
 - ढुंगेललाई पुरस्कार स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिका अवसरमा प्रदान गरियो।
 - सारदा सुदर्शन देवकोटा फाउण्डेशनले पाँच वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ।
 
८ असार, काठमाडौं । यस वर्षको सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका संवाददाता सरोज ढुंगेलले पाएका छन् । स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिका अवसर आज आयोजित समारोहमा ढुंगेललाई ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
ढुंगेल डेढ दशक भन्दा बढी समयदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय छन् । पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले ढुंगेललाई पुरस्कारसहित सम्मान गरेका थिए ।
सारदा सुदर्शन देवकोटा फाउण्डेशनले स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा विगत पाँच वर्षदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4