Photo Credit : दीपक अधिकारी/अनलाइनखबर
९ असार, काठमाडौं । आइतबार बेलुकी परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आवागमन अवरुद्ध भएको छ ।
बेलुकी साढे १० बजेतिर परेको अत्यधिक वर्षाले रुख ढल्दा विजुलीको तार चुँडाएर सडक अवरुद्ध पारेको हो ।
गौशालाबाट कोटेश्वर जाँदै गरेको मोटरसाइल ढलेको रुखमा च्यापिएको छ ।
यो समाचार तयार पार्दासम्म मोटरसाइकल चालकको पहिचान खुलिसकेको छैन ।
भर्खरै सशस्त्र प्रहरीको उद्दार टोलीले रुख र तथा काटेर सडक खुलाउने तयारी गरिरहेको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4