+
+
Shares

गीतले १० करोड भ्यूज पाएपछि दुर्गेशलाई प्रधानमन्त्रीको बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते ८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दुश्मन हेरेको हेर्‍यै’ गीतका सर्जक दुर्गेश थापालाई बधाई दिए।
  • गीतले पाँच महिनामा १० करोड भ्यूज प्राप्त गरेको र नयाँ पुस्ताका कलाकारले प्रस्तुतिमा रुचि देखिएको प्रधानमन्त्रीले बताए।
  • संगीतकर्मी र सर्जकहरूलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले पनि बधाई दिएका छन्।

काठमाडौं । ‘दुश्मन हेरेको हेर्‍यै’ गीतले युट्युबमा १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन् ।

आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक संजाल पोस्टमार्फत दुर्गेशलाई बधाई दिएका हुन् । ‘नयाँ पिँढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर्‍यै गीतबाट थाहा हुन्छ’ प्रधानमन्त्रीले भनेका छन् ।

‘दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई’ प्रधानमन्त्रीले लेखेका छन् ।

दुर्गेशले पनि प्रधानमन्त्रीको उक्त स्टाटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको बताएका छन् । वरिष्ठ संगीतकार सुरेश अधिकारीले प्रधानमन्त्रीको बधाईको हकदार दुर्गेश मात्र नभएर सबै संगीतकर्मी र सर्जक रहेको बताएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा पनि नयाँ पुस्ताका कलाकारले प्रस्तुति दिन थालेको देखिएको छ । यति मात्र होइन, सरकारले हालै दरबारमार्गमा गरेको कार्यक्रममा पनि नयाँ पुस्ताका ब्याण्ड र कलाकारले प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?