+
+
Shares

आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १४:१५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापाले सूचना प्रविधि क्षेत्रमा बहसभन्दा कार्यान्वयन आवश्यक भएको बताए।
  • उनले आईटी क्षेत्रमा उपलब्धिहरू प्रेरणादायी भए पनि अझै सुधार गर्नुपर्ने बताए।
  • थापाले अब ढिलाइ गरे पछुतो हुने र कार्यान्वयनको समय आएको बताए।

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अब बहस मात्र नभएर एक्सन लिने समयको आएको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले अब विमर्शबाट अघि बढेर ठोस कार्यान्वयनमा जाने बेला भएको बताएका हुन् ।

थापाले अहिले आईटी क्षेत्रबारे संसद्‍देखि राजनीतिक दलको एजेन्डा र संचारमाध्यमहरूमा निकै बहस भइरहेको उल्लेख गर्दै भने, ‘सञ्चार गृहले लेख, अन्तर्वार्ता र कार्यक्रममार्फत आईटी क्षेत्रमा निरन्तर विमर्श चलाइरहेका छन् । संसद्‍मा समेत बहस सुन्दा सकारात्मक अनुभूति हुन्छ । तर बहस वरपर मात्रै घुमिरह्यौँ भने हामी कहीँ पुग्दैनौँ । अब एक्सन लिने समय आएको छ ।’

थापाकाअनुसार सूचना प्रविधि क्षेत्रका पछिल्ला उपलब्धिहरू निकै प्रेरणादायी छन् । रोजगारी सिर्जना, सेवा निर्यातमा अघि छ । कुनै संरचना वा संस्थामा नबसी पनि युवा उद्यममा होमिएका छन् । थुप्रै स्टार्टअप कम्पनी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेका छन् ।

तर, यी कुरामात्र हेरेर अति उत्साही हुन नहुने पनि थापाले बताए । हाम्रा कमजोरीहरू पनि मूल्यांकन गर्न आवश्यक छ । ‘ग्लोबल र्‍यांकिङमा हेर्दा नेपालभन्दा तल जम्मा ५०–६० वटा देश मात्रै छन् । यो तथ्यले हामीलाई अझ धेरै मिहिनेत गर्नुपर्ने देखाउँछ,’ उनले भने ।

थापाले समग्र मूल्यांकन गर्दा आईटी क्षेत्रमा ‘आजसम्म धेरै काम गरियो, तर अझ धेरै गर्न सकिन्थ्यो’ भन्ने बुझ्न आवश्यक रहेको बताए । त्यसैले अब यो क्षेत्रको विकासमा अझै ढिलो गर्‍यौं भने पछुताउनुको विकल्प नहुने बताउँदै थापाले भने, ‘अब पनि ढिला गर्‍यौं भने हामी चुक्ने छौँ । एक्सनमा जान अब ढिलो गर्नु हुँदैन । समय यही हो । काम गर्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?