
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
- तर, सम्पत्ति शुद्धिकरण विभागबाट पत्र आएपछि उनलाई नियन्त्रणमा लिएर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
- रोकालाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको थियो र इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको थियो।
९ असार, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रकाउ गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर, उनलाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले अनलाइनखबरलाई जानकारी दिए ।
‘सम्पत्ति शुद्धिकरणबाट पनि हामीलाई पत्र थियो । सोही पत्रको आधारमा नियन्त्रणमा लिएर हामीले पठाएका छौं,’ खड्काले अनलाइनखबरसँग भने ।
सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
उनी सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।
प्रतिक्रिया 4